विश्वको सबैभन्दा महंगो सहर मध्ये एक रहेको मुम्बई भारतको आर्थिक राजधानी पनि हो । यहाँ खरबौँका भौतिक संरचना छन् भने उत्तिकै मात्रामा आर्थिक कारोबार हुन्छ । तर अहिले मुल्यको कल्पनै गर्ननसकिने यो सहरको मुल्य कुनै जमानामा केवल ५ सय ३७ भारु थियो ।
हो, आजभन्दा ४ सय ३३ वर्ष पहिले मुम्बई सहरको मुल्य ५ सय ३७ भारु तोकिएको थियो । सन् १५४९ ताकापुर्तगालहरुको कब्जामा रहेको मुम्बइदुइजना वैज्ञानिकलाई ५ सय ३७ रुपैयाँमा बेचिएको थियो । तत्कालिन पुर्तगाल शासकहरुले वनस्पतीशास्त्री डाक्टर गासिया तथा डाक्टर ओर्टेलाई ५ सय ३७ भारुमा मुम्बइ बेचेका थिए ।
तर त्यसको १ सय २२ वर्षछि सन् १६६१ मा यसअघि बेचिएको उक्त मुम्बइनगरी फिर्ता लिइयो । त्यसपछि पुर्तगाली राजाले आफ्नी बहिनीको बिहेमा दाइजोको रुपमा इंगल्याण्डका राजा अर्थात् आफ्ना ज्वाइँलाई दिएका थिए ।त्यसको सात वर्षपछि इंगल्याण्डका राजाले दाइजोमा पाएको मुम्बइनगरी प्रतिवर्ष १० पाउण्ड भाडा तिर्ने गरी इष्ट इण्डिया कम्पनीलाई दिएका थिए ।